मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मंगलबार, ०२ बैशाख २०८२, १० : ४६

काठमाडौं- मधेस प्रदेश सरकारले वैशाख २ गते आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । जुडशीतल पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।

प्रदेशको  गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदा सम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २ गते मंगलवारका दिन जुडशीतल र सिरुवा पर्व परेकोले सार्वजनिक बिदा दिइएको उल्लेख गरेको छ ।

तराई मधेशमा आज  ‘जुडशीतल’ पर्व मनाइँदैछ । घरपरिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने चलान रहेको छ ।

madhedsh

मंगलबार, ०२ बैशाख २०८२, १० : ४६

प्रतिक्रिया