प्रधानमन्त्री ओली भन्छन्- हामीले कुरा गरेपछि भारत-पाकिस्तानको लडाइँ रोकियो

सोमबार, २९ बैशाख २०८२, १३ : ३९

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीचको लडाइँ रोकिएको बताएका छन्। आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा उनले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री ओलीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद पनि दिए। उनले भने,‘झण्डै–झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो। तर त्यो हात हालाहाल बढ्न पाएनन्। संयमका लागि उहाँहरूलाई धन्यवाद छ।’ 

प्रधानमन्त्री ओलीले आफूहरूले सुरुदेखि हात हालाहालको स्थिति विस्तार हुन नपाओस् र लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए। उनले भने,‘उहाँहरुसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ।’

सोमबार, २९ बैशाख २०८२, १३ : ३९

प्रतिक्रिया