काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले २३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिमा कम्पनीले कमाएको १९ करोड २४ लाख रुपैयाँको तुलनामा २२.६६ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि ८.४३ प्रतिशतले बढेर १३ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । यस्तै लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ७.५२ प्रतिशतले बढेर ७ अर्ब ३९ करोड कायम भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६.२९ रुपैयाँ र नेटवर्थ प्रति सेयर १९८.९७ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीमा ६८ लाख ३८ हजार बीमा पोलिसी कायम रहेका छन् ।
चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ रहेको नेपाल इन्स्योेरेन्सको जगेडा कोषमा तीन अर्ब ३७ करोड ३९ लाख रुपैयाँ, महाविपत्ती कोषमा ६७ करोड ७६ लाख रुपैयाँ र जीवन बीमा कोषमा एक खर्ब २९ अर्ब ८० करोड रुपैयाँ सञ्चिती रहेको छ ।
प्रतिक्रिया