काठमाडौं– नेपाल राष्ट्रबैंकको गभर्नर आफ्नो भागमा नपरे सरकार छाड्ने मनसायमा काग्रेस पुगेको छ । गभर्नर कांग्रेसले पाउने सहमति भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले आनाकानी गरेको स्रोतको दाबी छ । गभर्नर नपाउने आशांका बढ्दै गएकाले सरकारबाट नै बाहिरिने अन्तिम तयारीमा कांग्रेस लागेको हो ।
कांग्रेस नेता मीन विश्वकर्मा भने अहिले नै सरकारबाट बाहिरिने निष्कर्षमा नपुगेको बताउँछन् । ‘प्रधानमन्त्रीसँगको हाम्रो सहमति यथावत छ, केही प्रक्रिया नमिलेकाले गभर्नर नियुक्तिमा ढिलाई भएको छ ’, उनले भने । कांग्रेस एमालेको बिचमा सहमति नहुँदा लामो समयदेखि गभर्नर प्रक्रिया गिजोलिएको छ ।
सुरुमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । तर, डेपुटी गभर्नर निलम ढुगांनाले उनको राजीनामा स्वीकृत नगरेपछि त्यो च्यापटर नै क्लोज भएको छ । यद्यपि, प्रधानमन्त्री ओलीले नै भट्टको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको र उनी ढुंगानालाई नै गभर्नर बनाउने पक्षमा अडिग रहेपछि नै भट्टको राजीनामा अनिर्णित भएको स्रोतले बतायो ।
काग्रेसले आइतबार योजना आयोगाका पूर्व उपाध्यक्ष तथा काग्रेस नेता विश्व अधिकारीको नाम गभर्नरका लागि सिफारिस गरेको छ । त्यसमा पनि ओलीले सहमति नदिए सरकारबाट बाहिरिने अन्तिम तयारीमा कांग्रेस पुगेको छ ।
प्रतिक्रिया