जगदम्बा हस्पिटालिटी ग्रुपले भन्यो– हिल्टन होटल बिक्री भएको छैन

आइतबार, २८ बैशाख २०८२, १६ : ०५

काठमाडौं– जगदम्बा हस्पिटालिटी ग्रुपले काठमाडौंमा रहेको पाँच तारे होटेल हिल्टन बिक्री नभएको जनाएको छ ।

आइतबार विहान केही संचार माध्यममा जगदम्बा हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित हिल्टन होटल कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाले खरिद गरेको समाचार प्रकाशित भएपछि कम्पनीले ध्यानाकर्षण भएको जनाएको हो । 

आइतबार दिउँसो हिल्टन होटल संचालक जगदम्बा हस्पिटालिटी ग्रुपले एक प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिज्ञको नाम जोडेर हिल्टन होटल बिक्री गरिएको समाचार निराधार भएको भन्दै कम्पनीले नै सञ्चालन गर्दै आएको जानकारी गराएको छ ।

आइतबार, २८ बैशाख २०८२, १६ : ०५

प्रतिक्रिया