काठमाडौं- प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २० करोड २ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो । अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा ३९ करोड १४ लाख रुपैयाँ रहेको थियो।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफा बाहेक अधिकांश सूचकमा सामान्य वृद्धि देखिएको छ ।
कम्पनीको महाविपत्ती कोषमा ११ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २९ करोड १ लाख रुपैयाँ, स्पेसल रिर्जभमा १ अर्ब ३६ करोड र अन्य इक्विटीमा १६ करोड ७७ लाख रुपैयाँ रहेको छ। यस कम्पनीको सेयर पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब १६ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको बीमाशुल्क आर्जन २.५८ प्रतिशतले बढेको छ ।
कम्पनीको सोल्भेन्सी रेसियो ३.९२ प्रतिशत छ । त्यस्तै वार्षिकीकृत प्रति सेयर आम्दानी (ईपीएस) १८.५३ पैसा रहेको छ। पीई रेसियो ४९ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया