काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ७६ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म कम्पनीले २८ लाख १३ करोड रूपैयाँ मात्रै खुद नाफा गरेको थियो । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले २७.१४ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो।
कम्पनीको खुद ब्याज आम्दानी पनि करीब ४ अर्ब रूपैयाँबाट २० प्रतिशतभन्दा बढीले वृद्धि भएर ४ अर्ब ८१ करोड रूपैयाँ नाघेको छ।
कम्पनीको कुल आम्दानी ५ अर्ब २१ करोड रूपैयाँबाट बढेर ६ अर्ब ३९ करोड पुगेको छ । कुल आम्दानीमा २२.५२ प्रतिशतले वृद्धि भएको हो । कुल खर्च २०.८० प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च ४ अर्ब ९३ करोडबाट बढेर ५ अर्ब ९६ करोड रूपैयाँ भएको छ।
गत वर्ष १२ अर्ब ५१ करोड रूपैयाँ रहेको जीवन बीमा कोषको आकार करीब ४४ प्रतिशतले वृद्धि भएर १८ अर्ब रूपैयाँ नाघेको छ। कम्पनीको प्रति सेयर आम्दानी ९.५४ रूपैयाँ र प्रति सेयर नेटवर्थ १४६.९१ रूपैयाँ रहेको छ।
प्रतिक्रिया