काठमाडौं- अमेरिका र चीनले ९० दिनको लागि अधिकांश भन्सार शुल्क घटाउन सहमतिपछि युरोपेली र एसियाली बजारमा उछाल आएको छ । सोमबार अमेरिकी स्टक फ्युचर्स अझ उच्च दरमा उक्लिएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै पक्षले ती शुल्कहरु ११५ प्रतिशत बिन्दुले घटाउन सहमत भएका छन् । यसको अर्थ अमेरिकामा आयात हुने चिनियाँ सामानमाथि ३० प्रतिशत कर लाग्ने र चीन आयात हुने अमेरिकी सामानमा १० प्रतिशत कर लगाइने छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना चीनका लागि आयातमा १४५ प्रतिशत कर लगाएका थिए भने अन्य मुलुकका लागि १० प्रतिशत कर लागु भएको घोषणा गरेका थिए । बदलामा बेइजिङले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको छ ।
गत अप्रिलमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर आक्रमण शुरु गरेपछि ओरालो लागेको अमेरिकी डलरको भाउ अमेरिकी सेयर बजारको भविष्य उज्ववल भएको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यो सहमति हुँदा हङकङको बेन्चमार्क ह्याङ सेङ इन्डेक्स अझै पनि कारोबारमा थियो र समाचारसँगै दिनको अन्त्यमा ३ प्रतिशतले वृद्धि भयो।
युरोपेली सेयर बजारहरू पनि उच्च छन् र प्रारम्भिक संकेतहरू छन् कि मुख्य अमेरिकी सेयर बजारहरू २ प्रतिशत भन्दा बढीले खुल्नेछन्।
यस्तै यो सहमतिपछि सुनको मूल्य ३ प्रतिशतले घटेर प्रति औंस ३,२२४.३४ डलर पुगेको छ।
प्रतिक्रिया