काठमाडौं- भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू–कश्मीरको पहलगाममा गरिएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन्।
उनले आइतबार न्यौपानेको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन्।
भेटका क्रममा उनले पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाइँमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन दिएको नेपालस्थित भारतीय दुतावासले बताएको छ ।
भारतको पहलगाममा गत अप्रिल २२ मा आतंकवादीहरुले न्यौपानेसहित २६ पर्यटकको हत्या गरेका थिए।
प्रतिक्रिया