काठमाडौं— नेपाल राष्ट्र बैंकले वैशाख २ गते आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ ।
बैंकले थप १० लाख थान नयाँ नोट प्रचलनमा ल्याएको हो । साबिककै आकार तथा रंगमा न४५ ०००००१ देखि भ१८ ९९९९९९का नोट प्रचलनमा ल्याउन लागिएको बैंकले जनाएको छ ।
नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ ।
यस्तै, नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।
प्रतिक्रिया