काठमाडौं- मार्च महिनामा अस्ट्रेलियाको बेरोजगारी दर बढेको छ । अष्ट्रलियामा बिहीबार प्रकाशित सरकारी तथ्यांकमा बेरोजगारी दर बढेको दाबी गरिएको छ ।
अष्ट्रेलियाको तथ्यांक विभाग (एबीएस) का अनुसार फेब्रुअरीमा ४.० प्रतिशत रहेको बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ ।
पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या तीन लाख आठ अथवा (२.२ प्रतिशत) ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो । रोजगारमा रहेका अस्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार २०० ले वृद्धि भएको एबीएसले जनाएको छ भने सोही अवधिमा बेरोजगार व्यक्तिहरूको संख्या तीन हजारले बढेको छ ।
एबीएसका श्रम तथ्यांक प्रमुख सीन क्रिकले रोजगार–जनसंख्या अनुपात (काम गर्ने उमेरको जनसंख्या) मार्चमा ६४.१ प्रतिशत रहेको छ ।रोजगारीमा वृद्धिको बावजुद क्रिकले अष्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउदै यसको कारण चक्रवात लगायत प्रमुख मौसमी घटनाहरू भएको बताए । -रासस
प्रतिक्रिया