शिक्षकहरुको आन्दोलन लक्षित रामकुमारीको टिप्पणी- रमिता बढी भयो

शनिबार, ०६ बैशाख २०८२, १० : १३

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूको आन्दोलनलाई ‘रमिता बढी भएको’ टिप्पणी गरेकी छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाँक्रीले संसद्मार्फत ऐन पारित गर्ने आफ्नो प्रक्रिया रहेको उल्लेख गर्दै ‘सडकबाट ऐन माग्ने प्रवृत्ति गलत’ भएको टिप्पणी गरेकी हुन् ।

उनले समस्याको समाधानका लागि आफूले समन्वय गर्न सकिन्छ कि भनेर संवाद गर्न खोज्दा शिक्षकहरू नआएको भन्दै आक्रोश समेत व्यक्त गरेकी छन् ।

झाँक्रीको फेसबुक स्टाटस-

अब चाहि शिक्षकहरूको रमिता बढी भयो।

मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ। के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें। मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसंग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरें। तर उहाँहरू त संवाद नै नगर्ने रे?  शिक्षा ऐन ऐले पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र?

विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन ?  के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ?  राज्यको तलव खाएका शिक्षक कर्मचारीलेरु भर्नाको बेला विधालय बन्द गरेर लाखौ विधार्थीको भविश्य अन्यौल बनाउन मिल्छरु निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन।यहाँहरूले पढाएका कयौ विधालयको रिजल्ट सून्य छ। के यो विषयमा चिन्चित हुनहुन्छरु आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ? ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ। सरोकारवाला सबैको चासो पनि छ ।

शिक्षकहरूले यति सम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन। अब आउँछ। विधेयक समितीमा दफावार छलफलमा छ। विधेयक संसोधन सहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो। अब भने विधेयक समितीबाट पास हुने प्रक्रिया छ। समितीले पास गरेपछि हाउसमा जान्छ। सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। सररमेडमहरू अब विधालयमा फर्कनुस। आफ्नो जिम्मेवारी बहन गर्नुस। सरकार र संसदलाई विश्वास गर्नुस। जिम्मेवार नेता साथिहरू१ ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस बल र कोर्ट दुबै तपाईकै खुट्टामा छ ।

शनिबार, ०६ बैशाख २०८२, १० : १३

प्रतिक्रिया