भोलिदेखि लगातार ३ दिन सेयर बजार बन्द रहने

बुधबार, १७ बैशाख २०८२, १५ : ४२

काठमाडौं- सेयर बजार भोलि बिहीबारदेखि लगातार ३ दिनसम्म बन्द रहने भएको छ । भोलि बिहीबार विश्व मजदुर दिवस भएकाले सार्वजनिक बिदा रहेको छ । जसकारण बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने छ ।

त्यसपछि शुक्रबार र शनिबार भएका कारण सेयर बजार भोलिदेखि ३ दिनसम्म लगातार बन्द रहने भएको हो । सेयर बजार अब एकैपटक वैशाख २१ गते आइतबार खुला हुनेछ । 

भोलि देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका निकायहरू बन्द रहने छन् । मजदुर दिवसलाई श्रमिकहरूको अधिकार, सम्मान र योगदानप्रति कृतज्ञता प्रकट गर्ने अवसरका रूपमा लिइन्छ ।

 


 

बुधबार, १७ बैशाख २०८२, १५ : ४२

प्रतिक्रिया