रिलायबल लाइफको ‘रिलायबल समृद्धि योजना’ म्युचुअल फन्ड बाँडफाँड

शुक्रबार, १९ बैशाख २०८२, १२ : ०७

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ का इकाइहरु बाँडफाँड गरिएको छ। कोष प्रवर्द्धनमा नेपालको बीमा क्षेत्रमै पहिलो म्युचुअल फन्ड योजनाका इकाइहरु आज शुक्रबार बाँडफाँड गरिएको हो । 

वैशाख ३ गतेदेखि वैशाख ७ गतेसम्म बिक्री खुला गरिएको यो योजनाका इकाइहरु धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।

यस योजनाका १ अर्ब २० करोड रुपैयाँको बिजपुँजीबराबरको १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बाँडफाँड गरिएको छ। जसमा १ करोड ७२ लाख ९१ हजार ९६० इकाइ कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ र १२ लाख ३५ हजार १४० इकाइ योजना व्यवस्थापक रियायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटललाई बाँडफाँड गरिएको छ। बाँकी १० करोड १४ लाख ७२ हजार ९०० इकाइ सर्वसाधारणलाई वितरण गरिएको छ।

रिलायबल समृद्धि योजना बन्दमुखी प्रकारको हो। म्युचुअल फन्ड योजनाका इकाइहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपछि कारोबार सुरु हुन्छ । 

शुक्रबार, १९ बैशाख २०८२, १२ : ०७

प्रतिक्रिया