माओवादी पदाधिकारी बैठक आज बस्दै

आइतबार, २१ बैशाख २०८२, ११ : ४७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने बताइएको छ ।

बैठकमा तराई–मधेस हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा अब गर्ने भनिएको अभियानबारे छलफल छलफल गरिने जनाइएको छ । गत पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो ।

 
 
आइतबार, २१ बैशाख २०८२, ११ : ४७

प्रतिक्रिया