काठमाडौं – नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्नेगरी बोलाएको सो पार्टीले जनाएको छ ।
सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२\०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्ने र धारणा बनाउने बैठकको एजेन्डा रहेको नेता डा. बेदुराम भुसालले जानकारी दिए । सरकारले ल्याएको आर्थिक वर्षको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र सुशासन कायम गर्ने हिसाबको नभएको सो पार्टीको प्रारम्भिक प्रतिक्रिया रहेको छ ।
‘नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सोमबारबाट छलफल हुँदैछ । छलफलमा प्रतिपक्षीहरू नीति तथा कार्यक्रमको विपक्षमा उभिने निश्चित छ भने सत्तापक्षका सांसदहरूले कार्यक्रमको बचाउ गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया