काठमाडौं– हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा झरेको छ ।
आज दिनभरिमा ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोड माथिको शेयर कारोबार भएको छ ।
आज बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ । आज विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बुधवार ९ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका २ करोड १९ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया