५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न ऋण लिनैपर्ने बाध्यता छ : पूर्वअर्थमन्त्री खतिवडा

आइतबार, २१ बैशाख २०८२, १६ : ३३

काठमाडौं–पूर्वअर्थमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले आन्तरिक ऋण नलिइकन ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव नरहेको बताए ।

काठमाण्डौमा आज आयोजित प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले ऋणको आकार बढे पनि त्यस्तो ऋण नलिई ६–७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताए । आफू अर्थमन्त्री हुँदा आन्तरिक ऋणका लागि क्षेत्र तोकेको भन्दै उहाँले अब क्षेत्र मात्रै तोकेर नहुने बताउँदै परियोजना तोकेर आन्तरिक ऋण लिनुपर्ने उल्लेख गरे।

खतिवडाका अनुसार भर्खरै सरकारले ल्याएको नीति तथा कार्यक्रमले सूचना प्रविधिलाई जोड दिएको छ । यसले उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने उनले बताए। मितव्ययिताका कुरा आउँदा वैदेशिक भ्रमणको कुरा आउने बताउँदै उनले त्यहाँभन्दा ठूलो खर्च सफ्टवेयरमा भइरहेको जिकिर गरे ।

सरकारी आयोगहरूले दिने प्रतिवेदनहरू कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठिरहेका बेला पूर्वअर्थमन्त्री खतिवडाले हुबहु त्यस्ता प्रतिवेदन लागू हुन नसक्ने बताए । 

 
आइतबार, २१ बैशाख २०८२, १६ : ३३

प्रतिक्रिया