रेशम चौधरी पक्राउको विषयमा गृहमन्त्रीले संसदमा जवाफ दिने

मंगलबार, २३ बैशाख २०८२, १३ : ०८

काठमाडौं- गृहमन्त्री रमेश लेखकले बैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा रेशम चौधरीलाई पक्राउ गरिएको घटनामा बिषयमा जवाफ दिने भएका छन्।

रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाएपछि गृहमन्त्रीले बैशाख २५ गते बस्ने बैठकमा सो घटनाका बिषयमा जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

त्यसअघि दुई पार्टीका सांसदहरुको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका बिषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए।

तर उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले सरकारको जवाफ आउनुपर्ने भन्दै निरन्तर विरोध जनाएपछि गृहमन्त्रीले बैशाख २५ गते जवाफ दिने मौखिक जानकारी संसद सचिवालयका सदस्यलाई जानकारी गराएका थिए। गृहमन्त्रीको जवाफ आउने भनेपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरु बसेका थिए।

मंगलबार, २३ बैशाख २०८२, १३ : ०८

प्रतिक्रिया