‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को फिनाले भोलि हुँदै

मंगलबार, २३ बैशाख २०८२, १३ : ४२

काठमाडौं- सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को फिनाले भोलि बुधबार हुने भएको छ।

चौथो संस्करणको फिनाले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुनेछ । भोलि प्रतियोगिताको विजेताहरु घोषणा हुनेछन्।

उनीहरुले मिस सुप्रानेसनल, मिस्टर सुप्रानेसनल, मिस ग्लोब, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिज्म र मिस इन्टरकन्टिनेन्टल गरी ६ वटा अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। 

यसअघि प्रतियोगिताको सबटाइल राउन्डहरुबाट उत्कृष्ट प्रतियोगीको नाम समेत घोषणा भइसकेको छ।

मिस्टर एन्ड मिस नेसनल प्रतियोगिता सनुर्वी इन्टरनेसनलले आयोजना गरेको हो ।

मंगलबार, २३ बैशाख २०८२, १३ : ४२

प्रतिक्रिया