काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस र ०.६३१५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल १२.६३१५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
अब उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् । ।
प्रतिक्रिया