काठमाडौं- भारत र पाकिस्तानबीच युद्ध शुरु भएपछि भारतीय तथा चिनियाँ रक्षासम्बन्धी कम्पनीहरूका सेयरहरूमा उल्लेख्य वृद्धि भएको समाचार एजेन्सीहरुले जनाएका छन्।
समाचार अनुसार, भारतको हिन्दुस्तान एयरोनटिक्स लिमिटेड, गार्डेन रिच शिपबिल्डर्स एण्ड इन्जिनियर्स, भारत इलेक्ट्रोनिक्स र माजागन डक शिपबिल्डर्स लगायतका कम्पनीहरूका सेयर मूल्यहरूमा वृद्धि देखिएको छ। यसका साथै, अन्य हतियारहरू तथा ड्रोनहरू उत्पादन गर्ने पारस डिफेन्स एण्ड स्पेस टेक्नोलोजीको सेयर मूल्य उच्च वृद्धि हुँदै लगानीकर्ताको ध्यान तानेको छ।
उता, चीनको रक्षा उद्योगले पनि यतिबेला बलियो प्रदर्शन गरिरहेको छ। पाकिस्तानलाई आपूर्ति गर्ने चिनियाँ कम्पनीहरूले समेत उल्लेख्य वृद्धि देखाएका छन्। विशेषगरी, लडाकु जेट निर्माता एभिक चेङ्दु एयरक्राफ्टको सेयर मूल्य दिउँसोसम्म २० प्रतिशतले उकालो लागेको छ।
चीनको समग्र रक्षा सूचकांक पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ। चीनका शीर्ष १० रक्षा ठेकेदारहरू समावेश गर्ने सूचकांक ११ प्रतिशतको वृद्धि भएको छ। रक्षा क्षेत्रमा देखिएको यो उभारलाई विश्व बजारमा चीन र भारतबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। एजेन्सी
प्रतिक्रिया