काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट आमनागरिकको न्यायमा सहज पहुँच स्थापित गर्न जोड दिए।
कानून दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानको मर्म एवम् वर्तमान आवश्यकताअनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आमनागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शिघ्र व्यवस्थापनमार्फत छिटो छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गरी नागरिकको आस्था वृद्धि गर्न जरुरी रहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारण लगायतका लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेको समेत बताए ।
प्रतिक्रिया