नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’को अवधि असार मसान्तसम्म थप

शुक्रबार, २६ बैशाख २०८२, १७ : ५१

काठमाडौं–नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ ।

यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नु पर्दैन । क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफूलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन् । 

बैंकका अनुसार यो योजनाले आधुनिक बैंकिङलाई प्रवर्द्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त छ । ुबाई नाउ पे लेटरु मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन् । 

ग्राहकले नबिल बैंंकको शाखामा गई यसबारे थप जानकारी लिन तथा लाइफटाइम निः शुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । यसका लागि बै्कको वेबसाइटमा गएर पनि अनलाइन आवेदन दिन सकिने बताइएको छ । नबिल बैंक नेपालको निजीक्षेत्रबाट सञ्चालित अग्रणी बैंक हो । यस बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई २६८ शाखा कार्यालय र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

 
शुक्रबार, २६ बैशाख २०८२, १७ : ५१

प्रतिक्रिया