काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि कुल २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँ चुक्ता पुँजीका आधारमा लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांशमध्ये २.५ प्रतिशत (६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँ) बोनस सेयर र कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशत (३२ लाख ९२ हजार ९७१ रुपैयाँ) नगद लाभांश प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त गरेपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।
प्रतिक्रिया