काठमाडौं- नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि आगामी मंगलबार ३० गते बुक क्लोज गर्दैछ । वैशाख २९ गते बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा परेकाले लगानीकर्ताले आज सेयर खरिद गरिसकेको हुनुपर्नेछ ।
कम्पनीले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सेन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
प्रतिक्रिया