भिभो भी ५० लाईट नेपाली बजारमा सार्वजनिक हुँदै

विहीबार, ०१ जेठ २०८२, ११ : ५४

काठमाडौं– नेपाली स्मार्टफोन बजारमाभिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाईट छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

यसमा समेटिएको बहुप्रयोगीविशेषता, शक्तिशालीप्रदर्शन र प्रिमियम डिजाइनले यो स्मार्टफोनलाई प्रतिस्पर्धात्मक बजारमा अलग पहिचान दिन सक्ने संकेत गरेको छ । भिभो भी ५० लाईटमा ६५०० एमएएचको ब्लु वल्ट ब्याट्रीे हुनेछ जसले  ९० वाट फ्ल्यास चार्ज सपोर्ट गर्नेछ । यस्तो ब्याट्रीले एकै चार्जमा दिनभर साथ दिनेछ र पावर बैंकको झन्झटबाट छुटकारा दिलाउनेछ । शक्तिशाली ब्याट्रीको बाबजुद यो फोनसिर्फ ७.७९ एमएमको अल्ट्रा–स्लिम प्रोफाइलमा आउने अनुमान गरिएको छ, जसले डिजाइन र शक्तिबीचको सन्तुलन कायम राख्नेछ ।

परफर्मेन्सको कुरा गर्दा भिभो भी ५० लाईट मा मीडियाटेक डीमेन्सिटी ६३०० वा स्नापड्रागन ६८५ चिपसेट रहनेछ, जस्ले गेमिङगर्दा होस्वा मल्टिटास्किङ सहज अनुभव प्रदान गर्नेछ । साथै, यसमा कम्प्रेहेन्सिवकुशनिङ्ग डिजाइन, एस जि एस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन जस्ता टिकाउपन र सुरक्षा सुनिश्चित गर्ने विशेषता समावेश गरिएको चर्चा छ, जस्ले यसको दिगोपन र सुरक्षालाई थप बलियो बनाउनेछ ।

डिजाइन पक्षमा भिभो भी ५० लाईट ७.७९ एमएमको अल्ट्रा–स्लिम प्रोफाइलमा आउनेछ, जसमा १२० हर्ज अल्ट्रा भिजनपि–ओलेड पञ्च–होल डिस्प्ले, अल्ट्रा–न्यारो बेजल्स र फ्ल्यागशिप लेभल फिनिश हुनेछ । एस जि एस लो ब्लू लाईट सर्टिफिकेसनले आँखाको सुरक्षा सुनिश्चित गर्नेछ भने १८००–निट्सको पिक ब्राइटनेसले बाह्य उज्यालोमा पनि प्रस्ट दृश्य देखिनेछ ।

क्यामेरा पक्षमा भिभो भी ५० लाईटमा ५० एम पी सोनीआई एमएस् ८८२ मुख्य क्यामेरा दिइने चर्चा छ, जसको औरा लाईट पोर्टेट सुविधाले कमउज्यालोमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिनेछ । ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईमेज स्टुडियोमा रहेको एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता स्मार्ट टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउनेछन् ।

भिभो भी ५० लाईटका यी सबै विशेषताहरूले नेपाली स्मार्टफोन प्रयोगकर्ताहरूमा उत्साह थपेको छ । यो फोनले शैली, शक्तिर स्मार्ट प्रविधिको त्रिवेणीको रूपमा नेपाली बजारमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा गरिएको छ ।

विहीबार, ०१ जेठ २०८२, ११ : ५४

प्रतिक्रिया