नेको इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँड

आइतबार, ०४ जेठ २०८२, ११ : २९

काठमाडौं- नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड भएको छ । 

जसमा सर्वसाधारण समूहतर्फको सेयरमा न्यूनतम ६९७.८७ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । 

कम्पनीले वैशाख १२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३  कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो । 

यता, कम्पनीले लिलामी बाँडफाँडमा नपरेको सेयरको पैसा आज आइतबारदेखि फिर्ता दिने भएको छ । कम्पनीले आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउने जनाएको छ । 

यता, आफ्नोे खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय सममार्ग नक्साल, काठमाडौंमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।
 

आइतबार, ०४ जेठ २०८२, ११ : २९

प्रतिक्रिया