काठमाडौं- सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताको प्रमाणीकरणका लागि नियुक्ति सम्बन्धीमन्त्रिपरिषद्को फाइल झिकाउन आदेश दिएको छ ।
सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायधिस नित्या नन्द पाण्डेको संयुक्त इजलासले मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको हो।
ओझाको विरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । । चैत २० गते प्रारम्भि सुनुवाई भएको थियो । पहिलो सुनुवाईमा लिखित जवाफ पेश गर्न भनिएको थियो । अन्तरिम आदेश माथिको छलफलको लागि तोकिएको पेशी सरेको थियो ।
आजको बहसमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायधिस नित्या नन्द पाण्डेको संयुक्त इजलासले मन्त्रिपरिषद्को पेश गरेको योग्यता सम्बन्धी फाइल झिकाउन आदेश दिएको छ।
प्रतिक्रिया