काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर बाँडफाँड तथा रकम फिर्ता गरेको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी आज जेठ ७ गतेबाट आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आइपीएस मार्फत रकमान्तर गरिने जनाएको छ ।
साथै आफ्नो बैंक खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा विक्री प्रबन्धकको कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राख्न आग्रह गरेको छ ।
कम्पनीले ४ः१ को अनुपातमा निष्काशन गरिएको प्रतिसेयर अंकित मुल्य १ सय रुपैयाँ दरको ५०३०९०१.५५ कित्ता हकप्रद सेयरमध्ये उक्त अवधिमा आवेदन नपरेको अवितरित हकप्रद सेयरहरु वैशाख १२ गते देखि वैशाख २१ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरिद आव्हान गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु वैशाख २६ २६ गते खोलि कम्पनीले बाँडफाँड गरेको हो ।
साथै, सर्वसाधारण तर्फ बाँडफाडको अन्तिम मुल्य रु ६९७.७८ रहेको र उक्त मुल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । उक्त नतिजा बिक्री प्रबन्धकको वेभसाइटबाट हेर्न पनि सकिनेछ ।
प्रतिक्रिया