एसियन लाइफले हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोज मिति

बुधबार, ०७ जेठ २०८२, ११ : ४३

काठमाडौं- एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । 

कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोज मिति तय भएसँगै जेठ १५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद बिक्री गर्न अनुमति पाएको हो । यसको आधारमा अर्ब १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको सेयर जारी हुनेछ । 

हकप्रद बिक्रीपछि एसियन लाइफको चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँ माथि पुग्नेछ ।

बुधबार, ०७ जेठ २०८२, ११ : ४३

प्रतिक्रिया