आयुष्मानसँग प्रियंकाको मस्ती

४ बर्ष अगाडि

अभिनेत्री प्रियंका कार्की कान्स फिल्म फेस्टिभलमा सहभागी भएको हल्ला नेपाली मिडिया अझै सेलाएको छैन । प्रियंका नेपाली चलचित्र वृत्तकी त्यस्तो अभिनेत्री हुन्, जो बेलाबेला विवादमा तानिन्छिन् । उनका क्रियाकलाप र प्रेमसम्बन्ध गसिप बनिरहन्छ ।

यति बेला प्रियंका र आयुष्मान देशराज जोशी अभिनित चलचित्र ‘प्रेम दिवस’ चलिरहेको छ । तर चलचित्रको चर्चा नै छैन ।

पछिल्लो समय चलचित्रभन्दा म्युजिक भिडियोमा व्यस्त छिन् उनी । प्रियंका समाजिक सञ्जालमा निकै सक्रिय छिन् । विशेष गरी इन्स्टाग्राममा विभिन्न अवतारको फोटो अपलोड गर्छिन् । त्यही फोटाका कारण पनि उनको गसिप बन्छ ।

हालै उनले बुबाको ६५औं जन्मदिन मनाएको फोटो सेयर गरेकी छन् । फोटामा सन् १९७० को दशकको बलिउड झल्को देखिने गरी पहिरनमा सजिएकी छन् ।


सिनियर प्रोम नाइट’ नाम दिएको पार्टीमा प्रियंका र आयुष्मान पिंक कलर पोसाकमा देखिएका छन् । उनका बाआमाको पहिरन पनि ७० को दशकका बलिउड अभिनेता–अभिनेत्रीको जस्तै थियो । उक्त बर्थ डे पार्टीमा परिवारका सबै सदस्य सहभागी थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया