यस्तो छ अभिनेत्री काजलको सपना, पुरा होला ?

४ बर्ष अगाडि

काठमाडौं– काजल अग्रवाल साउथ फिल्म उद्योगकी लोकप्रिय अभिनेत्री हुन्। साउथ फिल्म अत्याधिक क्रेज रहेकी उनी सामाजिक सञ्जालमा समेत राम्रो फ्यान फ्लोइङ भएकीमध्ये पर्छिन्।  

तिनै अभिनेत्रीले आफ्नो जीवनको  स्वप्न सिनेमाका बारेमा एक अन्तर्वार्तामा कुरा गरेकी छिन्।

उनको सपना त्यस्तो बलिउड फिल्ममा काम गर्नेछ, जुन फिल्ममा बलिउडका तिनै ‘खानशाह’ एकसाथ हुनेछन्। उनी मुख्य अभिनेत्री भएको उक्त फिल्ममा बलिउड डिभा करिना कपुर, आइटम क्विन मलाइका अरोरा भने आइटम डान्स गर्नेछिन् ।  यश चोपडाले उत्तः फिल्म स्वीट्जरल्यान्डमा सुटिङ गरुन् र फिल्म दीपावलीमा रिलिज होस्।

उनको सवैभन्दा ठूलो रहर त अझ सुनाउनै बाँकी छ। उक्त फिल्मले ‘दिलवाले दुल्हनिया लेजाएंगे’को रेकर्ड तोडोस्।

सपनाको दायरा भन्दा परेको उनको सपनामाथि अहिले बलिउडमा चर्चा भइरहेको छ। 

उनी सन् २००४ बाट फिल्म क्षेत्रमा सक्रिय भएकी हुन्। हिन्दी भाषामा समेत राम्रो पकड भएकी उनी चर्चित भने साउथ फिल्ममा भइन्।

बलिउडमा भने सन् २०११ मा ‘सिंघम’ अजय देवगनको ओपोजिट भूमिकामा देखिएकी थिइन् । त्यसपछि सन् २०१३ मा अक्षय कुमारसँग उनी फिल्ममा देखिएकी थिइन् । 

साउथमा उनको फिल्म ‘मगधीरा’ले थुप्रै रेकर्ड कायम गरेको छ । तेलुगू भाषको उक्त फिल्म अत्याधिक रुचाइएको साउथ इन्डियन फिल्ममा पर्छ। जुन फिल्म सन् २००९ मा रिलिज भएको थियो।
 

४ बर्ष अगाडि

प्रतिक्रिया