सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा

मंगलबार, १३ जेठ २०८२, १२ : १३

काठमाडौं- सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको ४ लाख ८२ हजार २७६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्ने कम्पनीले बताएको छ । 

सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सकिनेछ।

यो सेयरमा तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरु निवेदन नपरेको खण्डमा कम्पनीले अन्य व्यक्ति तथा संस्था बिक्री खुला गर्नेछ।

मंगलबार, १३ जेठ २०८२, १२ : १३

प्रतिक्रिया