काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको कम्पनीले बताएको छ ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ।
प्रतिक्रिया