काठमाडौं– नेकपा माओवादी केन्द्रका वरीष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अफताव आलमलगायतलाई उच्च अदालत विरगन्जले गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंक भएको टिप्पणी गरेका छन् ।
उपाध्यक्ष श्रेष्ठले भनेका छन्– ‘हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ।’
उनले कलंकको कालो टीका लगाएर कालो दिनमा परिणत गर्ने “बहादुर” न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै नबिर्सने पनि बताएका छन्।
उनले थपेका छन्, ‘कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर’ न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा ‘निर्दोष’ बन्दै हिँड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्नेछ रु यसको जिम्मेवारी कसले लिने रु तसर्थ सबै क्षेत्रमा व्यापक कारबाही, रूपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी छ ।’
प्रतिक्रिया