अमिताभपछि अर्का सेलिब्रेटीको ट्वीटर ह्याक, प्रोफाइलमा प्रधानमन्त्री खान

४ बर्ष अगाडि

एजेन्सी - भारतका सेलिब्रेटीहरुको ट्वीटर एकाउन्ट केहीदिनदेखि ह्याक भइरहेको छ । केहीदिन अघि अमिताभ बच्चनको ट्वीटर ह्याक भयो ।

ह्याक भएको ट्वीटरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो सहित विभिन्न ट्वीट भएको थियो । उनको ट्वीटर ह्याक भएको फिर्ता भएको एकदिन बित्न नपाउँदै भारतका अर्का सेलिब्रेटी अदनाना सामीको ट्वीटर पनि ह्याक भएको छ । उनको प्रोफाइलमा पनि पाकिस्तानी प्रधानमन्त्री इमरान खानका तस्बिहरु देखापरेका छन् ।

भारतीय प्रहरीले अमिताभ बच्चन र अदनान सामीको ट्वीटर ह्याक एउटै समूहले गरेको बताएको छ । प्रहरीले ह्याकर पत्ता लगाउने प्रयास गरेता पनि सफल हुन सकेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया