उर्जामन्त्री खड्काद्वारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण

सोमबार, १९ जेठ २०८२, १० : २०

काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मन्त्री खड्काले सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उनले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् ।

‘आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस्, काम तेकिएकै समयमा सक्नेगरि लाग्नुस्,’मन्त्री खड्काले भने ‘काम गर्ने स्पिड बढाउनुस्, ⁠कार्य प्रगतिको आधारमा बजेटको अभाव हुँदैन ।’

उर्जामन्त्री खड्काले आयोजनाको ⁠१३.२ किलोमिटर सुरूङ निर्माण सकिएकोले अब हेडवक्सको काम तिव्रगतिमा सक्न ठेकदार कम्पनीलाई निर्देशन दिए।

उक्त आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिचाई हुने र ३२ मेगावाट विद्युत उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउन भएकोले सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

सोमबार, १९ जेठ २०८२, १० : २०

प्रतिक्रिया