दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बुधबार, २१ जेठ २०८२, ११ : ०५

काठमाडौं- नेप्सेमा सूचीकृत दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।  

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । 

दुवै कम्पनीले सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्दैछन् । यसको अर्थ आज जेठ २१ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

नेशनल लाइफ इन्स्योरेन्सको ३७ औं वार्षिक साधारणसभा असार ५ गते बिहीबार केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुनेछ।

यस्तै, एनएलजी इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा जेठ २९ गते बिहीबार आम्रपाली ब्याङ्केट, बालुवाटारमा बिहान ११ बजे सुरु हुनेछ ।

बुधबार, २१ जेठ २०८२, ११ : ०५

प्रतिक्रिया