काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीले ४० प्रतिशत हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै जेठ २९ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यसको हकप्रद सेयर भर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको छ ।
जसअनुसार कम्पनीले १०ः४ अर्थात ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७।७६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । यस हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया