सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

शुक्रबार, २३ जेठ २०८२, ०९ : ५२

सप्तरी- डाँकाको एक समूहले  सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । 

बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले राससलाई जानकारी दिए । डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् । 

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाँकाहरूको खोजी भइरहेको बताएको छ । 

शुक्रबार, २३ जेठ २०८२, ०९ : ५२

प्रतिक्रिया