मेरो माइक्रोफाइनान्सले एपीएफ स्कुलमा सम्पन्न गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

शनिबार, २४ जेठ २०८२, १५ : ५०

काठमाडौं- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, शाखा कार्यालय भवानीपुर बाँकेले कोहलपुरको एपीएफ स्कुलको सहकार्यमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले एपीएफ स्कुलको कक्षा,९ र १० का करिब ११० जना विद्यार्थीहरूलाई वित्तीय साक्षरताबारे जानकारी दिइएको हो ।

उमेशमान डंगोलले प्रस्तुतीकरण दिएको कार्यक्रममा केन्द्रीय कार्यालयका जगन्नाथ खतिवडा, अनुगमन कार्यालय भवानीपुर बाँकेका अनुगमन अधिकृत सरोज पण्डित र शाखा कार्यालय भवानीपुर बाँकेका शाखा प्रमुख प्रशान्त शाह र एपीएफ स्कुलका कार्यालय प्रमुख राज कुमार प्याकुरेलको उपस्थिति रहेको थियो ।

शनिबार, २४ जेठ २०८२, १५ : ५०

प्रतिक्रिया