पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : घनश्याम भुसाल

शनिबार, २४ जेठ २०८२, १५ : ५३

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन् । गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । 

आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर अख्तियारले दाबी गरेजस्तो अध्यक्ष नेपाल अनियमिततामा संलग्न नरहेको भुसालले प्रस्ट पारे । अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई प्रधानमन्त्री केपी  शर्मा ओलीले बदलाको भावनाले अगाडि बढाएको उनको आरोप थियो ।

आफ्ना विरोधीलाई ८४ सालभित्र सकाउने सिलसिलामा अध्यक्ष नेपालमाथि बदला स्वरूप मुद्दा चलाइएको उनले  जिकिर  गरे । भुसालले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको बताउँदै पार्टी अध्यक्ष नेपालमाथि पनि त्यही नियति दोहोरिएको बताए । उनले वर्तमान नेतृत्व असफल हुँदा मुलुकमा निराशा देखिएको बताउँदै यसबाट मुक्ति पाउन सुशासन र रोजगारी मूल एजेन्डा हुनुपर्नेमा जोड दिए

शनिबार, २४ जेठ २०८२, १५ : ५३

प्रतिक्रिया