बीमा प्राधिकरणद्वारा बीमा दाबी सम्बन्धी उजूरी फर्छ्यौट गर्न इजलास सञ्चालन

विहीबार, २२ जेठ २०८२, १३ : ४६

काठमाडौं- नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा आजदेखि इजलास सञ्चालनमा ल्याएको छ । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजुरीहरू शीघ्रताका साथ फर्छ्यौट गर्दै जाने प्रतिबद्धता जनाए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलास सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ । 

अध्यक्ष ओझाको अध्यक्षतामा प्राधिकरणका सञ्चालक समितिका सदस्यहरू मानबहादुर अर्याल, सन्तोष रिजाल र राधाकुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजलास बसेको छ ।

प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरीमाथि इजलासमा पक्ष तथा विपक्षका कानुन व्यवसायीहरूबाट बहस भएको छ । 

विहीबार, २२ जेठ २०८२, १३ : ४६

प्रतिक्रिया