कजारियाद्वारा नेपालमै पहिलो पटक एचडी पोलिस्ड टायल सार्वजनिक

आइतबार, २५ जेठ २०८२, १२ : ५४

काठमाडौं- नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं. १ टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एचडी पोलिस्ड टायल (६०×१२० से.मी.) सार्वजनिक गरेको छ। 

नेपालमा पहिलोपटक केवल कजारियामा मात्र उपलब्ध यो टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको छ। विश्वस्तरीय मापदण्ड अनुसार नवीनतम प्रविधिद्वारा निर्मित, एचडी पोलिस्ड टायल विशेषगरी भित्री सतहका लागि डिजाइन गरिएको छ ।

चम्किलो, उच्च गुणस्तरीय प्रिन्ट, र सुपर–स्मूथ फिनिश रहेको यस टायलले जुनसुकै ठाउँलाई अझ आकर्षक बनाउँछ। अत्यन्त टिकाउ, घिसावट प्रतिरोधी, न्यून पानी सोस्ने क्षमता भएको यो टाइल ५ तारे होटल, लक्जरी मल, उच्चस्तरीय शोरूम तथा अन्य प्रिमियम इनडोर स्पेसहरूको लागि उत्कृष्ट रोजाइ रहेको कम्पनीले बताएको छ । 

“यो केवल टायल होइन, विलासिताको अनुभव हो। नेपालमा यस्ता उच्च गुणस्तरको उत्पादन पहिलो पटक ल्याउन पाउँदा हामी गर्व गर्छौं। यो टायल शहरी क्षेत्रमा पहिले नै लोकप्रिय बनिसकेको छ र अब हामी नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई यस टायल मार्फत गुणस्तरमा नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौं।” कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने ।

६०×१२० से.मी.को एचडी पोलिस्ड टायल सधैं उत्कृष्टता खोज्नेहरुका लागि बनाइएको टायल हो। उचित हेरचाहसाथ दशकौँसम्म टिक्ने गरी निर्माण गरिएको यो टायलले केवल ठाउँको सौन्दर्य बढाउने मात्र होइन, सफाइ र मर्मतमा पनि सजिलो बनाउँछ। प्रिमियम प्रिन्ट र चम्किलो फिनिशसहित प्रत्येक टायलले भुइँलाई अझ आकर्षक र सुन्दर देखिने बनाउँछ। ५ स्टार होटल, लक्जरी अपार्टमेन्ट, मल र अन्य व्यवसायिक स्थानहरूबाट बढ्दो मागसँगै, कजारियाको एच.डि पोलिस्ड टायल नेपालमा प्रिमियम फ्लोरिङका लागि पहिलो रोजाइ बन्न थालेको छ। 

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी डिजाइनमा विकल्पहरू प्रस्तुत गरिसकेको छ । 

नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। 

कजारियाले ३०×३० से.मी., ३०×६० से.मी., ३०×४५ से.मी., ६०×६० से.मी., ६०×१२० से.मी. र १९.५×१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराएको छ । यी टायलले घर वा टायल लगाएको ठाउँलाई सुन्दर र आकर्षक देखाउन सहयोग गर्ने गरी डिजाइन गरिएको छ। 

गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रीत रहँदै नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको कजारियाले जनाएको छ । 

आइतबार, २५ जेठ २०८२, १२ : ५४

प्रतिक्रिया