बीएमडब्लु आइएक्स २ इलेक्ट्रिक एसएभी नेपालमा सार्वजनिक (भिडियो)

सोमबार, २६ जेठ २०८२, १६ : ३०

काठमाडौं- नेपालमा BMW गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ BMW iX2 SAV (स्पोर्ट्स एक्टिभिटी भेइकल) भित्र्याएको छ। नयाँ BMW iX2 ले नेपालमा विद्युतीय सवारी र दिगो यातायातप्रति BMW को प्रतिबद्धता दर्शाउँछ। आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरूलाई उत्कृष्ट विकल्प प्रदान गर्छ।

cc978f3a-b9cc-4616-8889-c7bbc45cfe8d

BMW ले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै BMW iX2 eDrive20 सार्वजनिक गरेको हो। यस गाडीले अधिकतम १५० kW/२०४ hp (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (WLTP प्रमाणित अनुमान अनुसार) रहेको छ। कम ऊर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ kWh) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट SAV सेग्मेन्टमा उत्कृष्ट रोजाइ प्रदान गर्छ।

सम्पूर्ण पावर र शून्य उत्सर्जन

अन्य BMW इलेक्ट्रिक गाडीझैँ, नयाँ BMW iX2 मा पनि पाँचौँ पुस्ताको BMW eDrive प्रविधि प्रयोग गरिएको छ। यसको २०० Nm टर्क उत्पादन गर्ने २.८ सेकेन्डमा ० देखि १०० किलोमिटरको गति लिन सक्ने क्षमता अझै प्रभावशाली बनेको छ। विद्युत्परक मोटरले अधिकतम गति १७० किमी प्रतिघण्टा प्राप्त गर्न सक्छ। यसको औसत ऊर्जा खपत १७.२ देखि १५.४ kWh प्रति १०० किमी रहेको छ। शून्य उत्सर्जन भएको हुँदा यो अन्य सवारीसाधनभन्दा दिगोपनको दृष्टिले उत्कृष्ट मानिन्छ।

BMW iX2 मा शक्तिशाली चार्जर विकल्पहरू रहेका छन्। यसमा स्ट्यान्डर्ड Combined Charging Unit ले 11 kW सम्मको AC चार्जिङ र 130 kW सम्मको DC फास्ट चार्जिङ सपोर्ट गर्दछ। यसको मद्दतले गाडीलाई १०% देखि ८०% सम्म चार्ज गर्न लगभग २९ मिनेट लाग्दछ।

BMW iX2 मा प्रिमियम इन्टेरियर विकल्पहरू रहेका छन्, जसमा स्पोर्ट सिटहरू Vernasca लेदर चप्पिङसहित, एडभान्स इन्फोटेनमेन्ट सिस्टम, १०.७ इन्चको कर्भ्ड डिस्प्ले, १२ स्पिकर Harman Kardon साउण्ड सिस्टम रहेका छन्। यसको डिजाइन र इन्टेरियर प्रिमियम सेग्मेन्टमा आकर्षक मानिन्छ।

सुरक्षा, चालक अनुभव र अन्य थुप्रै आधुनिक प्रविधिहरूको सुगम संयोजन

BMW iX2 मा सुरक्षा र चालक अनुभवलाई विशेष ध्यान दिइएको छ। यसमा एक्टिभ गाडी कन्ट्रोल, पावर ब्रेक सिस्टम, डाइनामिक स्ट्याबिलिटी कन्ट्रोल (DSC), डाइनामिक ब्रेक कन्ट्रोल (DBC), स्टार्ट-असिस्ट, कर्णरिङ ब्रेक कन्ट्रोल लगायतका अत्याधुनिक सुरक्षा सुविधाहरू रहेका छन्। यी विशेषताले गर्दा गाडी चलाउँदा सुरक्षा, सुविधा, सन्तुलन र भरपर्दो अनुभव दिलाउँछ।

लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा आधिकारिक रुपमा विभिन्न मोडेलहरू जस्तै BMW X1, X2, X3, X4, X5, X7, iX1, i4, iX3 (इलेक्ट्रिक), 3 Series (सेडान), 5 Series (सेडान), X5 (Plug-in Hybrid) र अन्य गाडीहरू उपलब्ध गराउँदै आएको छ। नयाँ BMW iX2 को आगमनले नेपाली बजारमा BMW को आधुनिक डिजाइन अनि प्रविधिमा आधारित इलेक्ट्रिक मोबिलिटी समाधानप्रति उपभोक्ताको रुचि अझ वृद्धि हुने कम्पनीको विश्वास रहेको छ।

 

सोमबार, २६ जेठ २०८२, १६ : ३०

प्रतिक्रिया