काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्सपो २०२५ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म आयोजना हुने एक्सपोमा सहभागी ब्रान्डलाई नाइमाले स्टल बाँडफाँड गरेको हो ।
एक्सपोमा ४ पांग्रे, २ पांग्रे र कमर्सियल गरी कुल ५० ब्रान्ड सहभागी हुने बताइएको छ । यी ब्रान्डका लागी ४८ वटा स्टल तोकिएकोमा २१ वटा ४ पांग्रे सवारी ब्रान्ड, १८ वटा २ पांग्रे सवारी ब्रान्ड र ९ वटा व्यावसायिक सवारी साधन ब्रान्ड रहनेछन् ।
नाइमाका अनुसार नेपालमा मोबिलिटी क्षेत्रको दिगो विकासका लागि नीति निर्माणदेखि अन्तर्राष्ट्रिय तहसम्म सक्रिय पैरवी गर्दै आएको छ । एक्सपोले परम्परागत प्रदर्शनीको ढाँचामा नवीनता थप्ने र व्यवसायीहरूलाई आफ्नो सवारीसाधनको सोकेस आकर्षक तवरले गर्न पाउने अवसर प्रदान गरेको छ । प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रालिले गर्नेछ ।
एक्सपोमा ४ पांग्रे सवारी ब्रान्डहरूतर्फ बीवाइडी, सिट्रोनन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केयी, किया, लीपमोटर, एलइभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोडा÷जेको, प्यूजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन तथा जीकर सहभागी हुनेछन् ।
यस्तै, दुई पांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनेली, सिएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, याडिया, जिहोलगायत ब्राण्ड सहभागी हुनेछन् भने कमर्सियल भेइकलतर्फ चेरी वान्डा, डोङफेङ, फ्यारीजोन, हाउजी, कामा, क्यारी, किङलङ तथा सनलङ सहभागी हुनेछन् ।
प्रतिक्रिया