श्रीमतीको स्मृतिमा गायक राजले सार्वजनिक गरे गीति एल्वम ‘म त तिम्रो’

४ बर्ष अगाडि

काठमाडौँ – गायक तथा संगीतकार राज खम्बुले गत बर्ष निधन भएकी आफ्नी श्रीमती अंशु राईको पहिलो स्मृति दिवसमा आफ्नो नयाँ एल्वम सार्वजनिक गरेका छन् । उक्त एल्बममा छ बटा गीतहरु समावेश छन् । जसमा आधुनिक, लोक, मारुनी लगायतका गीतहरु रहेका छन् ।

हाल अमेरिकामा रहेका राज खम्बुको एल्बम सार्वजनिक कार्यक्रममा वरिष्ठ गायक प्रताप सुब्बा, रविन शर्मा, वरिष्ठ गायिका सपना श्री, वरिष्ठ सारंगीवादक श्याम नेपाली उपस्थितीमा अमेरिकामा नै सार्वजिनक गरेका हुन् । यस एल्वम बिमोचन समारोहमा अमेरिकामा १५ वटा स्टेटका सामाजिक अभियन्ता तथा साहित्य र संगीत क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया