गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

मंगलबार, ०३ असार २०८२, १५ : १७

काठमाडौं- गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ । कम्पनीको संचालक समितिको विराटनगर, मोरङमा रजिष्ट्रर्ड कार्यालयमा एक समारोहबीच हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई रजिष्टा«र मा नियुक्त भएको हो । 

सेयर रजिष्ट्रार परिर्वतन सम्बन्धी सम्झौतापत्रमा बैंकरका प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज व राणा र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका हुन् ।

इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य अब हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर काठमाडौंबाट हुनेछ ।

 

मंगलबार, ०३ असार २०८२, १५ : १७

प्रतिक्रिया