युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

विहीबार, ०५ असार २०८२, ११ : ०८

काठमाडौं- युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । 

कम्पनीको असार ४ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । 
 
कम्पनीले यसअघि आर्थिक वर्ष २०७९–८० को नाफाबाट १०.८० प्रतिशत लाभांश घोषणा गरेको थियो ।

विहीबार, ०५ असार २०८२, ११ : ०८

प्रतिक्रिया